ओमानका लागी नेपाली राजदूतले भनिन् ‘नेपाली कामदारको सुरक्षा आफ्नो पहिलो प्राथमिकता’


ओमान– ओमानमा रहेको नेपाली राजदूतावासले संविधान दिवसका अवसरमा मस्कटमा भव्य कार्यक्रम आयोजना गरेको छ । मस्कटको होटल ग्राण्ड हयातमा भएको कार्यक्रममा ओमनका पर्यटनमन्त्री अहमद विन नासेर बिन हमाद अल मेहर्जी पनि उपस्थित भएका थिए ।

 

कार्यक्रममा ओमानका लागी पहिलो आवासीय नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमानबीचको सम्बन्ध १९७७ देखी सुरु भएको भन्दै पछिल्लो दिनमा ओमानमा ठुलो संख्यामा नेपाली नागरीकहरु कार्यरत रहेको र त्यसले दुई देशका जनता–जनताबीच सुमधुर सम्बन्ध बनेको बताईन । उनले यसबाट नेपालको आर्थीक विकासमा समेत मद्दत पुगेको धारणा राखिन् ।

 

 

राजदूत ढकालले ओमानमा कार्यरत नेपालीहरुको सेवा र सुरक्षा नेपालको पहिलो प्राथमिकता भएको दाबी गरिन् । उनले आगामी दिनमा नेपाल र ओमानबीचको द्धिपक्षीय सम्बन्ध अझै मजबुत भएर जाने विश्वास समेत कार्यक्रममा ब्यक्त गरिन् ।

 

कार्यक्रममा नेपालको पर्यटन,कला र संस्कृती झल्कने फोटो र भिडियोहरु देखाइएको थियो । त्यसका साथै नेपालको मुख्य पर्यटक गन्तब्यहरुबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो । राजदुत ढकालले ओमानका नागरीकलाई नेपाल भ्रमण गर्न पनि आग्रह गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement