९० औं ओस्कार समारोहमा को-कसले जिते अवार्ड ?


न्यू-योर्क टाइम्स – हलिवुडको सबैभन्दा ठुलो सम्मान कार्यक्रम (अवार्ड शो) ओस्कार अवार्ड समारोह सुरु भएको छ । ९० औं अवार्ड समारोह अमेरिकाको लस ऐन्जलिसको डब्ली थियटरमा आयोजना गरिएको छ । जहाँ संसारभरका फिल्मी जगतका थुप्रै हस्ति कलाकारहरु उपस्थित छन् ।

यो वर्ष ‘द सेप अफ वाटर’ लाई ओस्कारका लागि १३ फरक-फरक विधामा नोमिनेसन गरिएको छ । ओस्कार पुरस्कारको इतिहासमा यो फिल्म अहिलेसम्मकै सबैभन्दा बढी नोमिनेसनमा परेको फिल्महरुरमा समावेश भएको छ ।  यसअघि ‘अल अबाउट इभ’, ‘टाइट्यानिक’ र ‘ला ला ल्यान्ड’ सबैभन्दा धेरै विधामा नोमिनेसनमा परेका थिए ।

यहाँ सबैभन्दा अघि पुग्ने सेलिब्रेटीमा ओस्कार विजेता जेनिफर लरेन्स पनि रहेकी छिन् । उनी आउने बित्तिकै रेड कार्पेटमा हलचल सुरु भएको छ ।

हालसम्म ओस्कार अवार्ड प्राप्त गर्ने कलाकारहरु

साउन्ड मिक्सिङ : ‘डनकर्क’ का लागि ग्र्याग ल्यान्डेकर, ग्यारी ए. रिज्जो र मार्क वाइनगार्टन।

साउन्ड एडिटिङ : ‘डनकर्क’ का लागि रिचर्ड किङ र एलेक्स गिब्सन।

बेस्ट डक्युमेन्ट्रीः ‘इकरस’ का लागि ब्रियान फोगेल र ड्यान कोगन ।

कस्ट्यूम डिजाइनः ‘फ्यान्टम थ्रेड’ का लागि मार्क ब्रिजेसलाई ।

उत्कृष्ट सहायक अभिनेता :  स्मया रकवेललाई ‘थ्री बिलबोर्ड्स आउडसाइड एबिङ मिसौरी’ का लागि ।

मेकअप एन्ड हेयरस्टाइलिङ : ‘डार्केस्ट आवर’ का लागि काजुहिरो सुजी, डेविड मेलिनस्की और लुसी सिबिक ।

प्रतिक्रिया दिनुहोस
Advertisement