काठमाण्डु – पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ।
उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। ७८ वर्षका उनका १ छोरा र ३ छोरी छन्।
अष्ट्रेलियामा रहेको छोरा र छोरी काठमाण्डु आइपुगेपछि अन्त्येष्टि गरिने छ।
जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन्। माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्।




प्रतिक्रिया