नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। सोमबार बिहान पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो।

यसैगरी, पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ। धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध भएको हो।

गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए। साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ।