पाकिस्तानी सेनाको गोली लागेर चार भारतिय सेनाको मृत्यु


काठमाडौं– भारतीय शासित क्षेत्र कश्मिरमा भारत–पाकिस्तानबीच फेरी तनाव बढेको छ । भारतिय संचारमाध्यमहरुकाअनुसार पाकिस्तानी सेनाको गोली लागेर ४ जना भारतिय सेनाको मृत्यु भएको छ ।

दुवै देशका सेनाबीच लाइन अफ कन्ट्रोल (एलओसी) तनाब बढेपछि स्थानीय बासिन्दा निकै त्रसित बनेका छन् । पाकिस्तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो ।

आक्रमणमा परि भारतको हरियाणाको गुडगाउंस्थित रनसिका गाउंका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु(कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु(कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । घटनामा परि अन्य दुई भारतीय सेना समेत घाइते भएका छन् ।

भारतिय सेनाका प्रवक्ताले पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित आफ्ना चारजना सेना मारिएको पुष्टी गरेका छन् ।

यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर(मुजफराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । भारतीय सेनाले पाकिस्तानी सेनाको कडा जवाफ दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement