पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिसनमा जाने भएका छन् ।  उनी चीनको अर्को कक्ष मिशनमा सामेल हुनेछन् ।

पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए ।

चीनको अन्तरिक्ष निकाय (सीएमएसए) ले सामाजिक सञ्जालमा जनाएअनुसार पाकिस्तानी अन्तरिक्ष यात्री शेनझोउ–२४ दलका साथ उडान गर्नेछन् । भनाइमा प्रस्थानको मिति उल्लेख गरिएको छैन । तर मिशन यस वर्षको अन्त्यसम्ममा हुने अपेक्षा गरिएको छ ।

सीएमएसएका अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री (पेलोड विशेषज्ञ) छोटो कक्ष उडानमा सामेल हुनेछन् र मे महिनामा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक भएको शेनझोउ–२३ अन्तरिक्षयानसँगै फर्किनेछन् ।

सीएमएसएले पाकिस्तानी दल सदस्यको नाम खुलाएको छैन । तर अप्रिलमा मुहम्मद जीशान अली र खुर्रम दाउद नामका अन्तरिक्ष यात्रीहरूलाई चीनमा तालिम सुरु गर्न छानिएको बताएको थियो ।

बेइजिङले हालका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो लगानी गरेको छ। यसले मुख्य प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाको बराबरी गर्दै सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने लक्ष्य राखेको छ ।

पाकिस्तान यसका लागि स्वाभाविक साझेदार हो । दुवै देश आफ्नो दशकौँ पुरानो ‘सबै समय’ मित्रताको प्राय: चर्चा गर्छन्। चीन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता हो ।

सिन्ह्वा न्यूज एजेन्सीले दावी पुष्टि गर्दै भनेको छ,  ‘सन् २०२५ को सम्झौताअनुसार चीनमा तालिमपछि पाकिस्तानी अन्तरिक्ष यात्रीहरूले ‘आउँदा केही वर्ष’ चिनियाँ सहकर्मीहरूसँग छोटो अवधिका अभियानमा सामेल हुनेछन् ।’