नेपाल र भारतबाट दोहोरो नागरिकता लिने डा. कलवार पक्राउ


वीरगंज – नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको महागढिमाई नगरपालिका–३ का डा. वीरेन्द्र प्रसाद कलवारलाई दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा. कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुठो कागजात पेश गरि नेपाली नागरिकता लिएको आरोप छ । उनले गंजभवानीपुरमा करिव डेढ दशकदेखि औषधि पसल सञ्चालन गर्दै आएका थिए ।

पक्राउ परेका कलवारलाई आज बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement