काठमाण्डुबाट लागुऔषध र नगदसहित ४ जना पक्राउ

काठमाण्डुबाट लागुऔषध र नगदसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित ४ जना पक्राउ परेका छन् ।

बल्खुमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाण्डु बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे, धुलिखेल– २ घर भई टेकु बस्ने २३ वर्षीय को रविन श्रेष्ठ, नुवाकोट– तारकेश्वर– ४ घर भई टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ, त्रिपुरासुन्दरी– ४ घर भई टेकु बस्ने २५ वर्षीय विजय आले मगर छन् ।

उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

काठमाण्डु जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।