वीर अस्पतालबाट भागेका श्रेष्ठ पक्राउ


काठमाडौं – मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै भागेका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जर्बजस्तीकरणी गरेको अभियोगमा श्रेष्ठ केही समयअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी बृत महाराजगन्जको थुनुवा कक्षमा रहेका श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट भागेका थिए ।

पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको सादा पोसाकको टोलीले टोखा नगरपालिका–१० स्थित हिलेटोलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement