हत्याको आरोपमा एक जना पक्राउ


महेश सिंह महतो , सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–६ का एक युवकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनगढीमाई नगरपालिका–६ स्थित कसहार वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका–२ का २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

अपहरण गरेको यादवलाई गत २०७५ फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस
Advertisement