सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन म्यानेजर पक्राउ


काठमाण्डु – ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजर पनि पक्राउ परेका छन् ।

शनिबार दिउँसो विराटनगरबाट काठमाण्डुमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरेको थियो ।

भद्रपुर विमानस्थलमा जहाजको इन्जिन स्टाट गरिएपछि स्टेशन म्यानेजर प्रकाश पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको रातो रंगको ब्याग दिएका थिए ।

सो रकम चेकजाँच नगरीकन विमानमा राखिएको सुराकको आधारमा पौडेल र रेखालाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो पनि:

सौर्य एयरलाइन्सका कर्मचारी ५० लाखसहित विमानस्थलबाट पक्राउ

प्रतिक्रिया दिनुहोस
Advertisement