पलसँगको सम्बन्धबारे समीक्षाले भनिन् : मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ


काठमाण्डु – अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको प्रेम सम्बन्ध रहेको भन्दै हाल चर्चा भइरहेको छ ।  गायिका अधिकारीलाई पलसँग जोडेर हाल समाजिक सञ्जालमा विभिन्न किसिमका नकरात्मक टिप्पणी भइरहेका छन् ।

मिडियाहरूले पनि उनीहरूबीच सम्बन्ध रहेको भन्दै समाचार लेखेका छन् ।  गायिका समीक्षाको टिकटक भिडियोमा पनि हाल नकरात्मक कमेन्ट गर्नेहरुको संख्या बढेको छ । यसैबीच समीक्षाले भने पलसँग आफ्नो त्यस्तो कुनै किसिमको सम्बन्ध नरहेको स्पस्टिकरण दिएकी छन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत पलसँग जोडेर आफ्नो विषयमा बनाइएका विभिन्न समाचारले आफुलाई निकै दुखी बनाएको बताइन् । उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर गरेकी छिन् ।  गायिका समीक्षाले केही सञ्चारमाध्यमले बनाएको समाचारप्रति तीव्र असन्तुष्टि जनाउँदै आफुले त्यो अपेक्षा समेत नेगरेका बताइन ।

यस्तो छ गायिका समीक्षाले दिएको स्पस्टिकरण :

नमस्कार,
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएका छन् । यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।

एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ, र हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिइनँ ।

म जे छु, जहाँ छु यो सब मेरा भगवानरुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनैपनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरै धेरै माया

प्रतिक्रिया दिनुहोस
Advertisement