पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश


काठमाण्डु – नाबालिग यौन दुरुपयोग अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुबै पक्षलाई झिकाउने आदेश दिएको हो।

शाहलाई नाबालिगमाथि बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement