प्रचण्डकी नातिनी स्मिता दाहालको ‘पानी कुवाको’ गीत युट्युबमा हिट


काठमाडौं– नवगायिका स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको ‘पानी कुवा’ बोलको युट्युबमा हिट बनेको छ।

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको भिडियो युट्युबको नेपाल ट्रेन्ड सेभनमा परेको छ। र, स्मिताको चर्चा फेरि चुलिएको छ।

  • शुभ मिडिया होमले बजारमा ल्याएको गीतमा कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालले अभिनय गरेका छन्। कबिराज गहतराजले निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन ।

यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो ।

स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ ।

स्मिताको नयाँ गीत हालसम्म युट्युबमा ४४ लाख ९३ हजार पटक क्लिक भइसकेको छ।

स्मिता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement