बेइजिङमा परराष्ट्रमन्त्रीको समकक्षी वाङसँग भेटवार्ता, के विषयमा भयो छलफल?


काठमाडौं – पाँचदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा बुधबार बिहान ज्ञवाली र वाङबीच भेटवार्ता भएको हो ।

दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससहित मन्त्री ज्ञवाली चीन भ्रमणमा गएका थिए । आज नै परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीभन्दा अघि नै उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गरेका छन् । हिजोमात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीका भाषणहरूको संगालो पुस्तकको चिनियाँ अनुवादको विमोचन गरेका थिए ।

‘द सेलेक्टेड स्पिच अफ प्राइम मिनिस्टर केपी ओली’ पुस्तक सिचुवान युनिभर्सि्टिको दक्षिण एसिया विभागकी प्रध्यापक ली ताओले चिनियाँ भाषामा अनुवाद गरेकी हुन्। मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement