माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत


काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे  संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको थियो ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो

प्रतिक्रिया दिनुहोस
Advertisement