प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छन् :प्रकाशचन्द्र लोहनी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

२९ औँ प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुआत भएको आजको दिनको विशेष महत्व रहेको बताएका छन् ।

विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताको सम्वद्र्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका अवसरमा जनताका हकहित, अधिकारका प्राप्तिका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै प्रजातान्त्रिक व्यवस्थामा सरकारले आम नागरिकलाई मानव अधिकार, सामाजिक न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति गराउनुपर्नेमा उनको जोड थियो । विसं २००७ फागुन ७ गते मुलुकमा १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्रको शुरुआत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement