लकडाउन उल्लंघन गर्ने व्यापारीको घोषणा, ११ बजेसम्म पसल खुल्ने


काठमाडौं – व्यावसायीहरुले लकडाउन उल्लंघन गर्ने घोषणा गरेका छन् । नेपालमा ११ चैतदेखि लागू भएको लकडाउन पछिल्लो पटक ३२ जेठसम्म कायम गरिएपछि मारमा परेका व्यावसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबारदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने निर्णय गरेका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्र खोलिने जनाइएको छ । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement