पत्रकार अनुप अब गायक पनि , भिडियोमा हेर्नुहोस् ‘वारिको डाँडामा म’


काठमाडौं– पत्रकार अनुप ओझा गायकका रुपमा उदाएका छन्। ‘काठमान्डु पोस्ट’ मा कार्यरत अनुप ‘वारिको डाँडामा म’ बोलको गीतसहित आएका हुन्। अनुपले नै लेखेको र अनि सागर राजले संगीतबद्ध गरेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

गीतको भिडियो हेर्दा दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटिएको देखिन्छ। भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङको भूमिका रहेको छ।

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो। द नेक्स्टले सागर राज फिल्म्सको सहकार्यमा प्रस्तुत गरिएको भिडियो स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement