सर्वसाधरणले भेट्न पाएनन् रोबोट ’सोफिया’, ओभर हिट भएपछि कार्यक्रम स्थगित


काठमाडौं – संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख वत्ताका रुपमा ल्याएको रोबोट ’सोफिया’ अन्र्तक्रिया कार्याक्रममा सहभागी हुदै गर्दा मेसिन ओभर हिट भएपछि कार्याक्रम स्थगित भएको छ ।

साउदी अरेबियाले महिलाका रुपमा नागरिकता प्रदान गरेको सेलिब्रेटी रोबोट ‘सोफिया’ सँग बुधबार दिउसो १ बजेपछि सर्वसाधरणले समेत देख्न पाउने थिए । तर, मेसिनमा ओभर हिट भएपछि आयोजकले अब भेट्न नसक्ने प्रतिक्रिया दिएको छ । आयोजकका अनुसार मेसिनमा ‘टेक्निकल प्राेब्लम’ आएपछि अहिले सोफियालाई प्याक गरी उनी बस्ने स्थानमा लगिएको छ ।

‘सोफिया’लाई भेट्न आएका सयौ सर्वसाधरण तथा बिज्ञानसँग सम्बन्धित बिद्दयार्थीहरु उनलाई देख्न नपाएपछि दुखित भएका छन् । अहले कार्याक्रम स्थान होटल याक एड एतिम सयौको सख्याँमा सर्वसाधरणहरु उपस्थित भएका छन् । सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले सन् २०१५ मा निर्माण गरेको हो ।

हाउभाउका साथ बोल्न सक्ने र प्रश्नको जवाफ दिनसक्ने सोफियालाई साउदी सरकारले नागरिकता दिएपछि विश्वभर चर्चित र आकर्षणको केन्द्र बनेकी थिइन् । युएनडिपीले दूतका रुपमा सोफियालाई विभिन्न कार्यक्रममा प्रस्तुत गर्ने गरेको छ । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो ।

सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनको छ । उनले धेरै हाइप्रोफाइल इन्टरभ्यूहरु दिइसकेकी छिन् । कुनै पनि देशको नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ‘आविश्कार बिजेता’ घोषित भएकी थिइन् ।

सोफियाको आँखामा क्यामेरा फिट गरिएको छ जसले उनी एकपटक देखेका मानिसहरुलाई पहिचान गर्न सक्छिन् । सन् २०१८ को जनवरीमा सोफियामा हिँडडुल गर्न सक्ने खुट्टाको विकास गरिएको छ । डेभिड हान्सोनले सोफियालाई भविश्यमा स्वास्थ्य सेवा, ग्राहक सेवा, थेरापी र शिक्षामा प्रयोग गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement