कटुवा पेस्तोल सहित ५ जना पक्राउ


रुपन्देही – सैनामैना नगरपालिका-५ बुद्धनगरबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान सहित ५ जनालाई प्रक्राउ गरेको छ । शुक्रबार बिहान प्रहरीले उनीहरुलाई कटुवा पेस्तोल १ थान र सोको गोली १ थान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका-६ बस्ने २० वर्षीय अर्जुन मुसहर, २० वर्षीय सुरज दर्जी, २२ वर्षीय मनिस परियार, २९ वर्षीय सालिकराम सुबेदी र १८ वर्षीय प्रदिप मुसहर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement