पेट्रोलको मूल्य घट्यो, लिटरको कति कायम भयो?


काठमाडौं– सरकारले पेट्रोलको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ घटाइएको नेपाल निगमले जनाएको छ।

निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतका अनुसार अब पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ।

भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार समायोजन गर्दा निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो। अरु इन्धनको मुल्य भने यथावत रहेको निगमका प्रवक्ता गोइतले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement