प्रधानमन्त्री ओली भदौ ५ मा सिंगापुर जाने 

प्रधानमन्त्री ओली भदौ ५ मा सिंगापुर जाने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपाचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा उपचार गराएर फर्किएका ओली फलोअपका लागि सिंगापुर जान लागेको बालुवाटार स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार चिकित्सकले सिफारिस गरेका औषधीले साइड इफेक्ट देखिएकाले तत्कालै सिंगापुर जानुपरेको बताइएको छ। औषधीको साइड इफेक्टकै कारण प्रधानमन्त्री ओलीलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको स्रोतको भनाइ छ।

आइतबार संसदलाई सम्बोधन गरेको प्रधानमन्त्रीले असहज गर्नुभएको देखिन्थ्यो। ‘त्यो औषधिको साइड इफेक्टका कारण हो।’ स्रोतले भन्यो, ‘चिकित्सकले पनि औधधीको साइड इफेक्ट भएको जानकारी गराएका थिए।’ याे खबर नागरिक दैनिकमा छ ।