प्रधानमन्त्री ओली उपचारका लागि अमेरिका जाने, भाेलि मन्त्रिपरिषद् पुनर्गठन !


काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अमेरिका जाने भएका छन् । प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिकाको बाल्टीमोर सहरमा रहेको विश्वप्रसिद्ध जोन होप्किन्स अस्पतालमा लैजाने तयारी छ।

उनको शनिबार मात्र ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपल्ट डायलसिस गरिएको थियो। उक्त रिपोर्ट शनिबार नै जोन होप्किन्स अस्पतालमा पठाइएकोमा सोही अस्पतालमा उपचार गर्न सुझाइएको हो।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद् पुन:गठनकाे तयारी थालेका छन्।आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

आफू उपचारका लागि अमेरिका जाने निश्चित भएमा तथा लामो समय उतै बस्नुपर्ने देखिएका उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिनेछन्।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसअघि आफू उपचारका लागि सिंगापुर गएका बेलाझैँ पार्टीको बैठक सञ्चालन गर्ने जिम्मेवारी सम्पने जनाइएको छ। ६७ वर्षीय प्रधानमन्त्री ओली सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता उनी नियममित उपचार गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement