नेपाल क्षेत्रीय र विश्व राजनीतिमा पनि भूमिका खेल्ने अवस्थामा पुगेको छः प्रधानमन्त्री ओली 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्षेत्रीय र विश्व राजनीतिमा पनि भूमिका खेल्ने अवस्थामा पुगेको बताएका छन्। स्विट्जरल्यान्डको डाभोसमा दक्षिण एसियामाथिको रणनीतिक दृष्ट्रिकोण सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल आर्थीक तथा राजनीतिक रुपमा नयां युगमा प्रवेश गरेको  बताए । प्रधानमन्त्रीले दक्षिण एसिया र पूर्वी एसियाबीचको सहकार्यले नै यो क्षेत्रको विकास हुने बताउंदै उनले सहकार्यका विशेष जोड दिएका छन्।

विश्व आर्थीक मंचको वैठकमा पहिलो पटक सहभागी रहेका प्रधानमन्त्री ओलीले दक्षिण एसिया इतिहासदेखि नै शिक्षित मानिस र सभ्यताको क्षेत्र भएको बताए । 

उनले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागर र बंगालको खाडी रहेको यो क्षेत्र आफैंमा समृद्ध रहेको प्रधानमन्त्रीको भनाई थियो । 

नेपाल राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्रीले अबको नेपालको बाटो आर्थिक समृद्धि भएको बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानी गर्न पनि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement