पोखरामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते


पोखरा – पोखराको छोरेपाटनबाट स्तुपा हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उहाँले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए। घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement