‘रिफ्युलर’ ट्याङ्कर हटाएपछि पोखरामा उडान र अवतरण पुनः सुरू


काठमाण्डु- पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू भएको छ। मंगलबार बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरू भएको हो ।

आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा नै सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर हटाउने काम भएकाे थियाे ।

हाल क्रेनको मद्दतमा ट्याङ्करलाई विमानस्थलबाट हटाइएको र पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन भएको प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement