पोखरामा ‘पेन गन’ सहित लागु औषध कारोबारी पक्राउ


पोखरा – पोखरामा ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए । लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए । ‘कास्कीमा सम्भवतः पहिलोपटक पेन गन फेला परेको हो,’ उनले भने, ‘देख्दा ठ्याक्कै पेन, तर यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्छ ।’

साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की प्रहरीको टोलीले बरामद गरेको छ । पक्राउ परेका रानाभाटले साथमा लिई राखेको विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको कास्की प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement