पोखरामा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ


पोखरा– गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक सोमबार पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

dish home

सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार घर–घर फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस