प्रहरीको पुर्नसंरचना गर्ने गृहको तयारी, १० जना डिआईजीको दरबन्दी कटौती हुने


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीको संगठनको पुर्नसंरचना गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले पुर्नसंरचना गर्दा प्रहरीमा डिआईजी,एसएसपीलगायतका उच्च अधिकारीको दरबन्दी समेत कटौती गर्ने तयारी गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयसंग छलफल नै नगरी डिआइजी पद खारेज गर्न तयारी थालेको भन्दै प्रहरीभित्र असन्तुष्टि छ । स्रोतकाअनुसार गृहले ७ देखि १० वटा डिआइजी पद खारेज गर्ने तयारी गरेको हो ।

‘संघिय संरचनाअनुसार प्रहरी संगठनको पुर्नसंरचना गर्ने तयारी भइरहेको छ । दरबन्दी कटौती गर्ने मात्र नभई संघिय संरचनाअनुसार प्रहरी कस्तो बनाउने,कति दरबन्दी आवश्यक पर्छ भनेर हामिले पुर्नसंरचनाको लागी छलफल गरिरहेका छौ ।’ गृहमन्त्रालयका एक अधिकारीले भने ।

ती अधिकारीकाअनुसार अव हुने डिआईजीको बढुवामा नै लागु हुने गरी दरबन्दी घटाउने तयारी मन्त्रालयको छ ।  यता प्रहरी प्रधान कार्यालय भने डिआइजी पद खारेज गर्न नहुने अडानमा छ । हेडक्वार्टरले गृहले खारेज गर्ने तयारी गरेका डिआईजी पद हटाउन नहुने भन्दै लविङ गरेपनि मन्त्रालयले भने आवश्यकताको आधारमा दरबन्दी थपघट हुने प्रष्ट पारेको छ । नेपाल प्रहरीमा अहिले २२ डिआइजी पद रिक्त छ । गृहले डिआईजीको संख्या बढाउँदा राज्यलाई अािर्थक भार पर्ने भन्दै संख्या घटाउने आन्तरिक थालेको हो ।

यतिबेला गृहमन्त्रालय डिआइजीको दरबन्दी खारेज गरेर रिक्त डिआइजी पदका लागि एसएसपीहरुको नाम सिफारिस गर्ने अन्तिम तयारीमा जुटेको गृहनिकट स्रोतले जानकारी दियो । स्रोतकाअनुसार केही दिनपछि बढुवा सिफारिस समितिको बैंठक बसेर डिआइजीका लागि नाम टुंगो लगाउने तयारी भएको छ ।

रिक्त रहेको डिआइजी पदका लागि एसएसपीहरु गणेशबहादुर ऐर, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, दिवेश लोहनी, रविन्द्र धानुक, धनश्याम अर्याल, वसन्त पन्त, देवबहादुर बोहोरा, ईश्वरबाबु कार्की, पुरुषोत्तम कणेल, रामकृपाल शाह, प्रकाशजंग कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, बसन्तकुमार लामा मुख्य दाबेदार छन् ।

बढुवाको लागी एसएसपीहरु सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला समेत प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement