आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव छैन : प्रचण्ड


काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव नहुने बताएका छन्।

मङ्गलबार सरल यात्रीको ‘शिखरको ढुङ्गा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै  प्रचण्डले भने, ‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो ।’

अबको दशक समाजवाद निमार्णको दशक हुने बताउँदै उनले फेरि अर्को शिखर चढ्ने दशक बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले दाेस्राे पटक प्रधानमन्त्री बन्दा सचेत ढंगले राष्ट्र, राष्ट्रिय एकता, परिवर्तनलाई संस्थागत गर्न र देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने अवधिको रुपमा रहेको उल्लेख गरे। उनले भने, ‘अहिले हामी पार्टी एकतामा आइपुगेका छौं । दुई तिहाई बहुमत कम्युनिष्ट सरकार छ । राजनितीक स्थिरता छ । अब देश एउटा नयाँ अभियान तिर लाग्छ ।’

संविधानको घोषणा र निर्वाचन सम्पन्न गरिसकेपछि एउटा क्रम टुङ्गिएको उनको भनाइ छ । एउटा नयाँ क्रमको शुरुआत भएको स्पष्ट गर्दै यो नयाँ क्रम नयाँ क्रान्तिका रुपमा अगाडि आउने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement