गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: प्रचण्ड


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका हुन् ।

‘यही गठबन्धनको सरकार बन्छ, सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो,’ उनले भने ।

त्यसैगरी प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री को बन्ने? भन्नेबारे गठबन्धन दलहरुबीच छलफल भएपछि मात्रै थाहा हुने दावी गरे । प्रधानमन्त्रीको दौडमा रहेका उनले यसबारेमा गठबन्धनमा छलफल गरेर अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement