उपेन्द्रको चेतावनीपछि गौर हत्याकाण्डको फाइल खोल्ने निर्णयबाट ब्याक भए प्रचण्ड!


काठमाण्डु- नरसंहारकारी गौर हत्याकाण्डको फाइल खोल्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमवमर बसेको सत्ता गठबन्धन दलको बैठकले पीडित परिवारले उचित क्षतिपूर्ती पाईसकेको र मृतकपनि शहीदको सूचीमा समावेश भईसकेको भन्दै उक्त घटनाको फाइल बन्द गर्ने निर्णय गरेको हो ।

यसभन्दाअघि गत मंगलवार भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग ५ बुँदे सहमति गरेको थियो । उक्त सहमतीअनुसार २०६३ चैत ७ गते रौतहटको गौरमा हत्या तथा घाइते भएको घटनामा परेको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी दोषीलाई कारबाही अगाडि बढाउने बताइएको थियो । तर, अब सरकारले उक्त घटनाको फाइल बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो निर्णयबाट किन पछि हटे? भन्ने प्रश्न खडा गरेको छ ।

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने निर्णय गरेलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने चेतावनी दिएका थिए । सरकारले गत मंगलवार गौर हत्याकाण्डपीडितसँग पाँच बुदे सहमति गरेलगत्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई अफ्ठ्यारोमा पार्न खोजेको भन्दै सरकार छाड्ने चेतावनी दिएका हुन् ।

त्यस्तै गत मंगलवार रातीनै उपेन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत छलफल भएको थियो । सरकार छाड्ने उपेन्द्रको चेतावनी पछि प्रधानमन्त्री प्रचण्ड जस्किएका थिए । उनले उपेन्द्रलाई गौर हत्याकाण्डको फाईल नखोल्ने समेत आश्वासन दिएका थिए ।

हाल जसपाका तर्फबाट संघीय सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री छन् । जसपा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्ने हैसियतसमेत बोकेको दल हो । प्रतिनिधिसभामा १२ जनामात्रै सांसद भएपनि हालको सरकार ढाल्न त्यो संख्या पर्याप्त हुने देखिन्छ । त्यसकारण उपेन्द्रको सरकार छाड्ने चेतावनीले नै सरकार जोगाउन भएपनि प्रधानमन्त्री प्रचण्ड हत्याकाण्डको फाईल खोल्ने निर्णयबाट पछि हटेको आँकलन गरिएको छ ।

यसैबीच सोमबार बसेको सत्ता गठबन्धनको बैठकले उक्त फाइल बन्द गारउने निर्णय गरेपछि सरकारको नियतमाथि पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । २०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनाका पीडितले हत्याकाण्डमा उपेन्द्र यादवको संलग्नता रहेको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्, प्रचण्डसँग उपेन्द्र यादव असन्तुष्ट, सरकार छाड्ने भन्दै मध्यरातमा ओलीसँग भेट

प्रतिक्रिया दिनुहोस
Advertisement