प्रिति जिन्टाले कतिमा किनिन् क्रिस गेललाई ?


ट्वान्टी–ट्वान्टीका सबैभन्दा विस्फोटक ब्याटसम्यान क्रिस गेल यो आइपिएलमा सबैभन्दा ठूलो सप्रराइज बनेका छन् । उनलाई कुनै पनि टिम खरिद गर्ने मुडमा थिएन । गेल तेस्रो राउण्डमा पुगेपछि बिक्री भएका हुन् । उनलाई प्रिति जिन्टाले बोली लगार आफ्नो टिममा राखिन् ।

गेलका लागि किंग्स इलेभन पन्जाबले २ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । यो गेलको वेष्ट प्राइस हो । अक्सनपछि पन्जाबका टिम मेन्टर वीरेन्द्र सेहवागले भने, ‘गेल टी २० का निकै ठूला ब्राण्ड हुन् ।

हामी यसपटक उनलाई यसैगरी प्रयोग गर्नेछौं ।’ २७ जनवरीमा अक्सनको पहिलो दिन १ सय १० जना खेलाडीको अक्सन लागेको थियो । जसमा केवल ७८ खेलाडी बिक्री भएका थिए ।

बाँकी खेलाडी अनसोल्ड रहेका थिए । ती खेलाडीमाथि आइतबार फेरि बोली लगाइइएको थियो । जसमा केही खेलाडी दोस्रो राउण्डमा बिक्री भएका छन् । धेरैजसो टिमले खेलाडीहरुलाई बेस प्राइसमा खरिद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement