म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा


याङ्गुन– म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजी नामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएका हुन् ।

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।

त्यतिन्जेलसम्मका लागि वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement