प्रीति जिन्टासँग क्रिस गेलको सेल्फी र डान्स


काठमाडाैं– इन्डियन प्रिमियर लिग (आर्इपीएल) को १६ औं खेलका दौरान किंग्स इलेभन पन्जाबले सनराइजर्स हैदरावादलाई १५ रनले हरायो। खेलमा हैदरावादले जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पाएको थियो। तर, हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट काे क्षतिमा १ सय ७८ रनमा समेटियो।

प्रतियोगितामा हैदरावाद पहिलो पटक पराजित भएको हो। खेलमा पन्जाबका लागि क्रिस गेलले प्रतियोगिताको पहिलो शतक प्रहार गरे। खेल सकिएपछि क्रिस गेलले टिमकी को ओनर प्रिति जिन्टासँगै मिलेर मस्ती पनि गरे।

हैदरावादविरुद्धको खेलमा क्रिस गेलले  १ सय ४ रन बनाए। ६३ बलको आफ्नो पारीमा उनले केवल १ चौका र ११ छक्का प्रहार गरे।

गेल आर्इपीएल २०१८ मा शतक लगाउने पहिलो क्रिकेटर बने । साथै, यो उनको आइपिएल करिअरको छैटौ शतक हो। उनी विस्फोट इनिङका कारण म्यान अफ द म्याच चुनिए ।

खेल सकिएपछि विस्फोटक ब्याटसम्यान गेलले आफ्नो टिमकी को वनर प्रीति जिन्टासँग मिलेर रमाइलो गरे । उनले प्रीतिसँग सेल्फीमात्र खिचाएनन्, डान्स पनि गरे ।

जसमा गेलसँग प्रीति जिन्टा पनि एकदमै खुसी देखिएकी थिइन।

प्रतिक्रिया दिनुहोस
Advertisement