काठमाण्डु – आर्थिक विधेयकमा करका दर हेरफेर र भन्सार अनियमितताका सम्बन्धमा सार्वजनिक लेखा समितिले अर्थ सचिव र राजस्व सचिवसँग छलफल गर्ने भएको छ ।
आर्थिक विधेयकका सन्दर्भमा करका दर परिवर्तन गरिएको, सूचना पहिले नै चुहाएको भन्ने आरोपका बीच लेखा समितिले विशेष चासो देखाएको छ । बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोलाएर स्पष्टीकरण सोधेको समितिले शुक्रबार अर्थ र राजस्व सचिवहरूलाई बोलाएको छ ।
समितिका सभापति भरत खड्काले आवश्यक छलफलका लागि अर्थ र राजस्व सचिवहरूलाई बैठकमा बोलाइने जानकारी दिए । समितिको बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ ।




प्रतिक्रिया