काठमाण्डु–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको सेन्जेन पुगेका छन् । उनी स्थानीय समयअनुसार राति करिब २ बजे त्यहाँ पुगेका हुन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनलाई चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता काई छीले विमानस्थलमा स्वागत गरेका थिए ।
उनको स्वागतमा चिनियाँ सैनिकले मार्चपास गर्नुका साथै कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ ।
चीनको विदेश मन्त्रालयले सोमबार भेटवार्ताबारे पुष्टि गरेको छ । यसअघि ह्वाइट हाउस र रुसी क्रेमलिनले पनि भेटवार्ताको घोषणा गरेका थिए ।

विश्वका तीन शक्तिशाली नेताबीच हुन लागेको यो पहिलो त्रिपक्षीय भेटवार्ता हुनेछ । द वाल स्ट्रिट जर्नल का अनुसार रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता अघि बढाउने उद्देश्यले पुटिनले यस्तो भेटवार्ताको प्रस्ताव गरेका हुन् ।
याे पनि-


प्रतिक्रिया