बहुमत पुगेन भने सरकारमा जान सक्छौँः रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा लामिछानेले आवश्यक परेको खण्डमा आफूहरु सरकारमा जान सक्ने बताएका हुन् ।

‘हामीसँग अहिले २० सिट छ। यो भनेको हामीलाई प्रतिपक्षमा बस भनिएको हो । तर अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो अवस्थामा सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौैँ।’, उनले भने ।

उनले भ्रष्टाचार घटाउने आफूहरुको अभियानलाई बलियो साथ दिने दलहरुसँग मिलेर सरकारमा जान सकिने बताएका छन् । आफ्नो नागरिकता र पासपोर्टका विषयमा भने रविले बोल्न मानेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement