पुडासैनी प्रकरण : रवि लामिछाने पनि पक्राउ


काठमाडौं । प्रहरीले आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।

न्युज २४ टेलिभिजनका उनीहरुलाई कार्यालयबाट बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। बिहीबार मात्र प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement