कासिबलाई हराउँदै रवीन्द्रले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश

कासिबलाई हराउँदै रवीन्द्रले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली फाइटर रविन्द्र ढाँटले मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा इतिहास रचेका छन्। उनी यूएफसी सिजन–५ अन्तर्गत ब्यान्टमवेटतर्फ फाइनलमा प्रवेश गरेका हुन्।

चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।

यससँगै रविन्द्र यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उपाधिका लागि उनले जापानका रो टोजिमासँग प्रतिस्पर्धा गर्नेछन्।