रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण मंगलबारबाट शुरु


काठमाण्डु– रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण मंगलबारबाट शुरु भएको छ । पेभिलियन मिडियाले संचालन गरेको रेडियो क्यान्डिड काठमाण्डु उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । उक्त रेडियोलाई चांडै देशभर पु¥याउने लक्ष्य व्यवस्थापनको छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै आएको छ । चांडै अन्य कार्यक्रमहरू नियमित गर्ने उसले जनाएको छ ।

ररेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ ।

क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् । रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसंग समेत सहकार्य गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement