रेल बनाउने चिनियाँ कम्पनीका अधिकारीले गरे प्रधानसेनापतिसँग भेट, के विषयमा भयो छलफल ?


काठमाडौं-  चाइनिज रेलवे ब्युरो ग्रुपका कार्यकारी अधिकृत सोङ रोङ जुनको नेतृत्वमा जंगी अड्डा पुगेको ३ सदस्यीय टोलीले विहिबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गरेको छ ।

सैनिक सहप्रवक्ता महासेनानी विजय थापाले भेटघाट औपचारिक तथा शिष्टाचार भएको बताएका छन् ।

चीनको अन्तर्राष्ट्रिय निर्माण कम्पनीका वरिष्ठ अधिकारीहरुसँग भएको भेट समसामयिक बिषय मात्र भएको उनले दावी गरे । तर प्रधनमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल ल्याउने योजना र अोलीको आसन्न चीन भ्रमणको समयमा भएको यस उच्चस्तरीय भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उत्त चिनियाँ कम्पनी बाटो, पुल पुलेसा, रेल्वे लगायत ठूला निर्माणमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement