राजपाका सहमहामन्त्री एमालेमा प्रवेश,सत्तारुढ दलले मधेषमा धांधली गरेको ओलीको आरोप


काठमाडौं– राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपा नेता बेगलाई आइतबार पार्टी प्रवेश गराएका हुन । एमालेको केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी केन्द्रिय कमिटी बैठककाबीच उनलाई पार्टी प्रवेश गराइएको हो । उनि कपिलबस्तुबाट प्रतिनिधीत्व गर्ने नेता हुन ।

 

 

एमालेले शनिवार माओवादीले राष्ट्रपतिको उम्मेदवार खडा गरेका नेता रामराजा प्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंहलगायत एक दर्जन नेताहरु एमाले प्रवेश गरेका थिए । भोली दाङमा गायीका कोमल ओली लगायतको ठुलो समूह एमाले प्रवेश गर्दैछ ।

 

 

 

 

कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको मधेषमा जनमत बढेको बताए । उनले मधेषमा सत्तापक्षले धांधली गरेको हुदा एमालेको प्राविधिक हार भएपनि जनमत नघटेको दाबी बताए ।  

 

 

 

दुई नम्बरका ठुला गाउपालिका र नगरपालीक एमालेले जितेको दाबी गर्दै ओलीले  जनमतका हिसाबले मधेसमा एमालेको मत बढेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement