चीनले नेपालको सार्भभौमिकताको सधै सम्मान गर्छः चिनियां राजदूत होङ


काठमाडौं– नेपालका लागि चिनियां राजदूत यू होङले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औ वर्ष अत्यन्तै सुमधुर, पारस्परिक सद्भाव, विश्वास, एकअर्काबीच सार्वभौमिकताप्रतिको सम्मान दुवै मुलुकबीच न्यायपूर्ण सम्बन्धको कडी भएको बताइन् ।

 

 

 

जनवादी गणतन्त्र चीन स्थापना भएको ६८ औ वार्षिकोत्सवको अवसरमा आइतबार साझ नेपालस्थित चिनियां दूतावासले विशेष समारोहको आयोजना गरेको थियो ।

 

 

 

 

कार्यक्रममा सम्बोधन गर्दैै राजदूत होङले ‘वान बेल्ट वान रोड’ को समझदारी पत्रमा हस्ताक्षर, नेपालका बाढीपीडितलाई चिनियाँ सरकारबाट  १० लाख अमेरिकी डलर सहयोगलगायत थुप्रै समझदारीपत्रमा हस्ताक्षर हुनुले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धको पुष्टि गर्ने उल्लेख गरिन्।

 

 

सो अवसरमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

 

 

त्यसैगरी, समारोहमा राजनीतिक दलका नेताहरुमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा प्रकाशशरण महत, डा रामशरण महत, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, नेकपा (माले) का महासचिव सीपी मैनाली, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताको उपस्थिति थियो ।

 

समारोहमा सुरक्षा निकायका प्रमुखहरु, प्राज्ञ, कलाकार, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement