१० दिन श्रीलंकामा के गरे प्रधानसेनापतिले?


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री १० दिने श्रीलङ्काको भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।

 

श्रीलंकाका सेनापतिको निमन्त्रणमा ३ माघमा गएका क्षत्री बिहीबार स्वदेश फर्किएका हुन्।

 

प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। साथै, नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो।

 

नेपाली सेनाका रथीवृन्द, नेपालस्थित श्रीलङ्का तथा थाइल्याण्डका महामहिम राजदूतलगायत विभिन्न राष्ट्रका आवासीय सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

 

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुको साथै स्थलसेना, जलसेना र हवाइसेना प्रमुखहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

 

 

उनले स्वदेश फर्कने क्रममा थाइल्याण्डका सेना प्रमुखसँग समेत भेटवार्ता गरेका थिए ।

 

सैनिक नेतृत्वकोे भ्रमणबाट श्रीलङ्कासँग लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुने नेपाली सेनाले विश्वास लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement