रौतहट बम काण्डमा मुछिएका एसपी रामकृष्ण लामा हङकङबाट पक्राउ


काठमाडौं – करिब १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा बम काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा पक्राउ परेका छन् ।

उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ । पीडितहरूको उजुरीपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आफ्ताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । अहिले आलमको थुनछेक बहस चलिरहेको छ ।

आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पु‍र्याइएको खुलासा भएको छ । उनीहरूलाई इँट्टाभट्टामा राखेर ज्युँदै जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement