सार्वजनिक बसहरू एम्बुसभन्दा कम छैनन्ः रामनारायण बिडारी (भिडियाेसहित)


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् रामनारायण बिँडारीले कर्मचारी र यातायात व्इवसायीको मिलेमतो गरेर दुर्घटना न्यूनिकरण गर्न असहयोग गरेको बताएका छन् । उनले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सरोकारवालाहरू निरीह देखिएको गुनासो गरे ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिँडारीले यस्तो कुरालाई नजरअन्दाज गर्नेहरूलाई सात जुनीसम्म पाप लाग्ने बताए ।

‘सडकको सिद्धान्त के हो ? त्यो सिद्धान्तअनुसार सडक कसरी बनाउनुपर्छ ? सडकका बडेमान–बडेमान खाल्डाहरू र डङ्ग्रङ–डङ्ग्रङ हुने गरी सडकबाट गर्लम्–गर्लम् मान्छेहरू भीरबाट खस्दाखेरी मुसुमुसु हाँसेर बस्ने हाम्रो देशका ब्यूरोक्र्याट्स, हाम्रा देशका इञ्जिनियरहरू, तिनीहरूलाई सात जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?’ सांसद बिँडारीले भने ।

उनले सरकारले गाउँगाउँमा खटरा गाडीहरु एम्बुस थाप्न गरी किन पठाएको भन्दै प्रश्न गरेका छन् । ‘सरकारले गाउँ–गाउँमा किन एम्बुस थाप्न गरी खटरा गाडी पठाएको ? निकृष्ट व्यवसायीहरुको प्रभावमा परेर ’ उनले भने, ‘नयाँ संविधान आयो तर, ड्राइभरले रक्सी खाएर गाडी चलाउन थाले नि !’

सांसद धिडारीले शहरका थोत्रा गाडी सरकारले गाउँमा पठाएको भन्दै आपत्ति जनाए । उनले सिण्डीकेट अन्त्य गरिए पनि सिट भन्द्या बढी यात्रु चढाउन रोक्न नसकिएको बताए । ‘कर्मचारी, वकिलले अदालतलाई प्रभावमा पारेर सवारी धनीले धेरै कारबाही भोग्न नपर्ने ।’

२०७१ सालयता सवारी दुर्घटनामा परी १० हजार जनाले ज्यान गुमाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement