रानीमहलमा पनि भूमाफिया, ३० रोपनी जग्गा अतिक्रमण

रानीमहलमा पनि भूमाफिया, ३० रोपनी जग्गा अतिक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ।

नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ।

यो महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ। तर, यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता बनाइएको छ। कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा उल्लेख रहेको सतर्कताको छानबिनमा छ। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।