दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः मुख्य अभियुक्तलाई पाँच वर्ष जेल


काठमाडौं – काठमाडौं जिल्ला अदालतले दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।

घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको काठमाडौं जिल्ला अदालतका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

२०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement